फिचर न्युज राजनीति

‘कैलाश सिरोहिया भारतीय’ लेखिएको विकिपिडिया पेज रातारात गायब

काठमाडौं । ‘कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया भारतीय हुन, उनी नेपालमा पब्लिकेसन्स चलाउँछन्’ भनी उल्लेख गरिएको पेज विकिपिडियाबाट रातारात गायब गराइएको छ ।

सोमबार साँझसम्म इन्टरनेटमा उपलब्ध उक्त पेज अचानक गायब भएको हो । अझ चाखलाग्दो कुरा त के छ भने उनको बारेमा लेखिको पेज डिटेल भएको भोलिपल्टै अर्थात् आज मंगलबार उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विकिपिडियामा उपलब्ध तथ्यांका अनुसार उक्त पेज सोमबार राती ११ बजेर १२ मिनेट जाँदा डिटेल भएको हो । कसले र के कारणले डिटेल गरिएको हो भन्नेबारे कुनै जानकारी छैन ।

हेर्नुहोस् डिलेट भएको पेज

यसरी आफू विरुद्ध पक्राउ पुर्जी जारी हुनुअघि नै पेज डिटेल हुनुले उनीमाथि शंका गर्ने थप आधार बनेका छन् । शिरोहियाको बारेमा लेखिएको सो पेज डिटेल भए पनि त्यसको केही अंश गुगलमा पाउन सकिन्छ । जहाँ लेखिएको छ ‘कैलाश सिरोहिया मैथिली मुलका भारतीय प्रकाशक हुन, उनी नेपालमा कान्तिपुर पब्लिकेशन सञ्चालन गर्छन् ।

हेर्नुहोस् गुगलमा भेटिएको अंश

जिल्ला प्रहरी कार्यालय धनुषमा गत वैशाख १६ गते परेको जाहेरीको आधारमा उनलाई धनुष अदालतले पक्राउ पुर्जी जारी गरेको हो । जाहेरीमा सिरोहिया गैर नेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप छ ।