अर्थ समाचार

कोशीमा बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई पुनः अनुरोध गर्ने निर्णय

मोरङ्ग, बैशाख २६। कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः अनुरोध गर्ने निर्णय गरेको छ  । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

कोशी प्रदेश सरकार प्रवक्ता कानुन मन्त्री शमशेर राईले । जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । 

मुख्यमन्त्री कार्कीले यसअघि चैत २६ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस lगरेका थिए ।