फिचर न्यूज राजनीति

विजय उत्सव मनाउन केपी ओली इलाम जाँदै

काठमाडौं, बैशाख १८ । इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा (एमाले)ले आज विजय सभा गर्ने भएको छ।

शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ। दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए।

नेम्बाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए। पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत पए भने बाँकी रहेका रास्वपासहितका १६ उमेदवारको जमानत जफत भएको छ ।