अर्थ समाचार

एनआईसी एसियाको सहायक सिइओ बने अर्जुनराज खनिया

काठमाडौं, बैशाख १६। एनआईसी एशिया बैंक लिमिटेडकाे सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनिया सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् ।

शुक्रबार उनलाई एसिस्टेन्ट सिइओको रुपमा नियुक्त गरिएकाे एनआइसी एसिया बैंकले जनाएको छ । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियासँग बैंकका विभिन्न शाखाहरु, विभागहरु र इकोसिस्टमहरुमा २० वर्षभन्दा बढी काम गरेकाे आनुभव छ ।

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनिया सन् २०१० मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

खनियाले अहिले एनआईसी एसिया बैंकको Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystem प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

एनआइसी एसिया बैंकको सिइओ रोशनकुमार न्यौपानेले खनिया एसिस्टेन्ट सिइओ बनेकाे जानकारी दिए।