काठमाडौं, बैशाख १४। सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवको सरुवा भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।
यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिईएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन्
काठमाडौं, पुस २९ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध ७ दलका शीर्ष नेताकाे बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निष्कर्ष निकाल्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेका हुन् । ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनका […]