फिचर न्यूज

कांग्रेसका शीर्ष नेतासँगको छलफलमा सभापति देउवा

काठमाडाैं, वैशाख ६। नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्।

बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन्। सभापति देउवाको आह्वानमा आकस्मिक रुपमा बैठक बसेको एक नेताले जानकारी दिए।

कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेटेर वैकल्पिक गठबन्धन बनाउने प्रयास गरेको थियो। बुधबार साँझमात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए।