देश फिचर न्यूज

रामप्रसाद सापकोटा सहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामा नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा नियुक्त

काठमाडौँ, वैशाख ४। नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन्। पर्यटन बोर्ड कार्यकारी समितिको ३६८ औँ बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो।

गत चैत १५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्यमा धादिङका सापकोटा सहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो।