फिचर न्यूज राजनीति

उजुरी पर्दैमा पदबाट राजीनामा नदिने गृहमन्त्री लामिछानेको अडान

काठमाडौं, चैत्र २७ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन्।

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबीन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पारेपछि सञ्चारकर्मीहरुसँग गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । यदी भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने उनको शर्त छ ।

उनले भने, ‘२०४७ सालदेखि आजसम्मका सम्पूर्ण कुराहरुको छानविन गरौं । सरकारको न्यूनतम साझा कार्यक्रममा पनि हामीले भनेका छौं, कुनै पनि कालखण्डका भ्रष्टाचारको छानविन गर्नुपर्छ ।’