https://tajatimes.com/https-tajatimes-com-https-tajatimes-com-president-opens-in-a-new-tab/(opens in a new tab)
राजनीति

राष्ट्रपतिद्धारा २० प्रतिशतले पार्टी बिभाजन गर्न पाउने अध्यादेश जारी (पत्रसहित)

राजनीतिक दल विभाजन गर्न सहजीकरण गर्ने अध्यादेश जारी भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा क्याविनेटको सिफारिसमा राष्ट्रपति कार्यालयले बुधबार उक्त अध्यादेश जारी गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विधान २०७३ लाई संशोधन गर्दै उक्त अध्यादेश सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिम अध्यादेश जारी गर्नु भएको छ ।’

उक्त अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका नेता भएमा सहज रुपमा राजनीतिक दल खोल्न पाउने प्रावधान रहेको छ ।