फिचर न्युज रोजगारी

बेलबारी खानेपानी संस्थाले माग्यो २ जना कर्मचारी, योग्यता एसइई पास

बेलबारी, फागुन २९ । मोरङको बेलबारी नगरपालिमा सञ्चालित बेलबारी खानेपानी संस्थाले २ जना कर्मचारी माग गरेको छ । संस्थाको गत सोमबार बसेको बैठकले सहायक पम्प अपरेटर र स्टोर किपरमा १ १ जना करार कर्मचारी नियुक्ति गर्ने निर्णय भएको हो । 

सहायक पम्प अपरेटरको लागि पुरुष कर्मचारीले मात्रै आवेदन दिन सक्नेछन् भने स्टोर किपरमा एसइई वा सो सरह उत्तीर्ण गरेका जो कोहीले आवेदन दिन सक्ने संस्थाले जानकारी दिएको छ । आवेदन दिनका लागि आगामी चैत्र ५ गते  भित्र निवेदनसहित अनुभव र नागरिकताको प्रतिलिपि, २ प्रति फोटो साथै ५ सय रुपैयाँ निवेदन दस्तुर आवश्यक पर्नेछ ।