खेलकुद समाचार

क्यानडा- ११ विरुद्ध टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल

काठमाडौं, फागुन १० । नेपाल ए र क्यानडा- ११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ।

मूलपानी क्रिकेट मैदानमा हुने यो खेलमा क्यानडा-११ ले टस जितेको छ। क्यानडा- ११ ले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ।

यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो। १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ।

नेपालको प्लेइङ-११: सन्दीप जोरा (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, हेमन्त धामी, प्रतिस जिसी, रसिद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र सुजन थपलिया रहेका छन्।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्।