फिचर न्यूज समाचार

करिब एक किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, फाल्गुन ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भएका सरिफ अहमद अब्दुल रफार छन् । दुबईबाट काठमाडौँमा ओर्लेका उनलाई ८५५ ग्राम तरल सुन सहित पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए ।

उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको एसएसपी शर्माले बताए ।