फिचर न्यूज राजनीति

गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताकाे साझा अपिल

काठमाडौं, पुस २९ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध ७ दलका शीर्ष नेताकाे बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निष्कर्ष निकाल्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेका हुन्  । ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन् । राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो ।’ अपिलमा भनिएको छ, ‘हामी सम्पूर्ण मतदातालाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका देहाय बमोजिमका साझा उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन हार्दिक अपील गर्दछौं ।’

यसपटक निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट काँग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन्।

patra