फिचर न्युज शिक्षा-स्वास्थ्य

मोरङको बुढिगंगामा २ सय शैयाको अस्पताल बन्ने

मोरङ, पुस ४ । शिवम् अर्गनाईजेशनले मोरङ जिल्लाको बुढिगंगा गाँउपालिका वडा नंं १ मा शुरुमा २०० शैय्या क्षमताको अस्पताल निमार्ण गर्न लागिएको छ । हाल यसलाई १०० शैंयाको बहु स्पेशल हस्पीटल संचालन गर्ने र क्र्रमश ३०० शैया सम्म विस्तार गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा इमर्जेसी सेवा कार्डिया इमर्जेन्सी सेवा र क्याथ ल्याव जस्ता सेवा सुविधा उपलब्ध गराउने जनाएको छ । यसको अलवा अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ । सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने कम्पनीले जनाएको छ ।
अस्पतालको लागत करिव २ सय ५० करोड रुपैयाँ लगानी रहेको छ । निर्र्माणाधीन अस्पतालका सञ्चालक अध्यक्ष राजेन्द्र राउत रहेका छन । उनी लामो समयदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका छन । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षको रुपमा कार्यरत राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्वर अफ कमर्शका कार्यसमिति सदस्य समेत हुन ।

तस्बिर: एआई