अर्थ

नेप्सेमा खराब सुरुवातः कारोबार सुरु भएको ५ मिनेटमा ४० अंक बढिको गिरावट

काठमाडौं, पुस १ । सेयर बजार कारोबार सुचक नेप्सेमा कारोबार सुरु भएको ५ मिनेटमै ४० अंक बढिले गिरावट आएको छ । अन्तिम कारोबार दिन बिहिबार ६ दशमलव ५५ अंकले बढेको नेप्से आज कारोबार सुरु भएको पहिलो ५ मिनेटमा ४२ दशमलव ६० अंकले गिरावट आएको हो ।

यो समाचार तयार पार्दासम्म कारोबार भएका १७३ कम्पनी मध्ये १० कम्पनी नाफामा छन् भने १५८ कम्पनीले नोक्सान बेहोरेका छन् । २ कम्पनीको मूल्य भने स्थिर छ । हालसम्म १५ करोड बढिको कारोबार भइसकेको छ ।

अपडेट: यद्यपि त्यसपश्चात भने सुचकांकमा केही सुधार हुँदै गएको छ ।