फिचर न्युज राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

बिराटनगर, कार्तिक १ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

आज भएको मतदानमा उनले दुई तिहाईभन्दा बढी मत पाएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा कोशी प्रदेश सभा नियमावली, २०७४ ९पहिलो संशोधन समेत० को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मत विभाजनको आधारमा मुख्यमन्त्री कार्की पक्षमा ८६ र प्रतिपक्षमा राप्रपाका पाँच मत परेको थियो ।

मुख्यमन्त्री कार्कीका पक्षधर नेपाली कांग्रेस आठ जनासहित २९, नेकपा (एमाले)का ३९ जना, नेकपा (माओवादी केन्द्र)का १३ जना, नेकपा ९एकीकृत समाजवादी०का चार जना र जसपाका एक सहित ८६ जनाले विश्वासको मत दिएको उपसभामुख सिर्जना दनुवारले घोषणा गरे ।