Taja times
अन्तर्राष्ट्रिय

भिसा भएका अफगानी नागरिकलाई अनिश्चितकालसम्म बस्न दिने अष्ट्रेलियाको निर्णय

१ भदौ, काठमाडौं । अष्ट्रेलियाले अस्थायी भिसा भएका अफगानी नागरिकलाई अनिश्चितकालका लागि मुलुकमा बस्न दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री स्कट मौरिसनले मंगलबार क्यानबेरामा सम्बोधन गर्दै भनेका छन्, ‘उनीहरु मुलुकमा अहिले चलिरहेकै भिसाको आधारमा रहन सक्छन् ।’