समाचार

कोरिया जान नपाएपछि ईपीएस शाखा घेराउ

काठमाडाैं, असार ११ । कोरियाबाट फर्किएकाहरुले ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा घेराउ गरेका छन् । कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै विद्यार्थीले ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् ।

ईपीएस परीक्षा पास गरेर लामाे समय भइसक्दा पनि वैदेशिक विभागले काेरिया नपाएकाे आराेप लगाउँदै उनीहरुले कार्यालय धेराउ गर्दै नाराजुलुस गरेका छन् । ईपीएस परीक्षार्थीले कार्यालय घेराउ गरेपछि अप्रिय घटना हुन सक्ने भन्दै सुरक्षाकर्मी खटाइएको थियाे । कोरियाबाट फर्किएकाहरुले लामो समयसम्म कम्प्युटर प्रणालीमा दिनुपर्ने सीभीटी परीक्षा दिन पाएका थिएनन् । त्यसपछि दिएकाे परीक्षामा पूर्णाङ्क ल्याउने मात्रै पास भएका थिए ।