राजनीति समाचार

लोसपा मधेस प्रदेस सरकारमा सहभागी

काठमाडाैं, जेठ ११ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेस सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले आज लोसपाका रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गर्दै पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनलाई आजै प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको सपथ गराएका छन् ।

लोसपा गत ९ गते ६ दलीय गठबन्धनको बैठकबीना नै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् बिस्तार गर्न लागेको भन्दै असन्तुष्टी जनाएर सरकारमा सहभागी भएको थिएन । मन्त्रिपरिषद् बिस्तार र मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टी जनाएको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जनाएको छ । यादव पुष २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।