काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिका भित्र बनेका अनधिकृत संरचना हटाउने क्रममा बिहीबार मेयर बालेन्द्र साह (बालेन)को टोली बानेश्वरमा र शंखमूल क्षेत्रमा पुगेको छ ।
भर्खरै मात्र मेयर बालेन र डीआईजी मिरा चौधरीसहितको टोलीले शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनगरेको छ । मेयर साहले उक्त वर्गर हाउस तुरुन्त हटाउन निर्देशन दिएका छन् ।
अवलोकनमा हिँडेको मेयर साहको टोले बिहीबार बिहान काठमाडौं १० को वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेको थियो ।
बालेनले दिएको निर्देशन बामोजिम घर धनी र बर्गर हाउसका सञ्चालकले आइतबारसम्मको लागि भूमिगत पार्किङ खाली गराउन समय माग गरेका छन् ।
यससँगै साहको नेतृत्वमा खटिएको टोलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ । बानेश्वर र शंखमुल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरूलाई भाडा दिएका ठाउँमा पनि बालेन पुगेका छन् ।
उनले आजै बानेश्वरको अल्फाबिटामा पनि अनुगमन गर्ने बताइएको छ।