अर्थ फिचर न्यूज विजनेस समाचार

यी हुन् नेपालले साउन महिनामा सबैभन्दा बढी आयात गरेको १० वस्तु

काठमाडौं, ९ भदौ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९८० को पहिलो महिना अर्थात साउनमा नेपालले विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

उक्त मूल्य बराबरको वस्तु आयात गर्दा सरकारले ३१ अर्ब ९६ करोड १६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

मूल्यका आधारमा गत साउनमा नेपालमा सबैभन्दा आयात गरेको १० वस्तुहरु

१. डिजेल – ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँ
२. पेट्रोल – ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँ
३. कच्चा भटमास तेल – ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँ।
४. एलपी ग्यास – ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँ।
५. कच्चा पाम तेल – ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँ
६. स्टील – ३ अर्ब ६६ करोड १ लाख ६६ हजार रुपैयाँ।
७. फलाम – ३ अर्ब २४ करोड १३ लाख ६७ हजार रुपैयाँ।
८. खोप – २ अर्ब ७९ करोड ३८ लाख ७९ हजार रुपैयाँ।
९. मोबाइल फोन – २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँ।
१०. युरिया -२ अर्ब ७ करोड ३७ लाख १३ हजार रुपैयाँ।